+

पोर्चुगिज प्रशिक्षकले नेपालमा युथ फुटबल क्याम्प सन्चालन गर्दै

२०७९ पुष  ८ गते १८:५१ २०७९ पुष ८ गते १८:५१
पोर्चुगिज प्रशिक्षकले नेपालमा युथ फुटबल क्याम्प सन्चालन गर्दै

८ पुस, काठमाडौं । युरोपेली फुटबल महासंघ (युईएफए)को प्रो लाइसेन्स प्रशिक्षकको सहभागितामा नेपालमा युथ फुटबल क्याम्प आयोजना हुने भएको छ ।

पेरिविंकल सर्भिस प्रालिले आयोजना गरेकोे यो क्याम्प शनिबारदेखि पुस २४ गतेदेखि माघ ८ गतेसम्म ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सन्चालन हुनेछ ।

सम्भावित युवा फुटबलरको पहिचान, उनीहरुलाई मार्गदर्शन र फुटबलमा लाग्न चाहनेलाई सैद्धान्तिक र रणनीतिक ज्ञान प्रदान गर्न युथ फुटबल क्याम्प आयोजना गर्न लागिएको पेरिवंकलले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

१६ वर्षभन्दा मूनि उमेरसमूहका अधिकतम १०० जना बालबालिकालाई व्यवसायिक प्रशिक्षकमार्फत फुटबलको आधारभूत ज्ञान दिने लक्ष्य आयोजक छ । त्यसका लागि प्रति खेलाडी ३५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

प्रशिक्षण शुल्क, मैदान, तालिम अवधिभर खाना, शिविरका लागि आवश्यक सबै फुटबल किटसहित प्रशिक्षण अवधिभर आवश्यक सबै खर्चहरुका लागि सो शुल्क लिइएको आयोजकले प्रष्ट पारेको छ ।

युईएफए प्रो लाइसेन्स प्रशिक्षक पोर्चुगलका फावियानो फ्लोराले सहभागीलाई प्रशिक्षण गराउनेछन् । उनी साउदी अरेबियाको शीर्ष डिभिजन खेल्ने अल साहेल क्लबका प्रशिक्षक हुन् । आयोजकले दिएको जानकारीअनुसार उनीसँग अफ्रिकी आइल्याण्ड मगादस्कर र टिमोर लेस्टेको राष्ट्रिय टिम प्रशिक्षण गरेको अनुभव छ ।

पेरिविंकल सर्भिस युथ फुटबल क्याम्प
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय