
८ पुस, काठमाडौं । बर्दिया-२ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रुपमा प्रवेश गरेका हुन् ।
लालबीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएका थिए ।
लालबीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेशककी श्रीमती हुन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा बर्दिया-२ बाट २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका थिए ।
लालवीरले सत्ता गठबन्धनका उम्मेदवार सुरेश पन्थ र एमाले गठबन्धनका उम्मेदवार पंकजसिंह राठौंरलाई पराजित गरेका थिए ।
योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4