
१० पुस, काठमाडौं । खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरुलाई अस्पताल पुर्याउने काम जारी छ ।
केहीलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4