
१० पुस, काठमाडौं । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ र तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
आइतबार चाँदीको कारोबार शुक्रबारकै मूल्यमा १ हजार ३९० रुपैयाँ ( प्रतितोला )मा भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4