
१० पुस, काठमाडौं । नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसदद्धय गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको छ ।
उनी भन्छन्, ‘कुनै पनि निकायबाट उहाँहरुको सन्दर्भमा केही नआएका कारण शपथमा सहभागी हुनुभयो । तर, अब उहाँहरुका सम्बन्धमा मुद्दा बिचारधीन रहेको भनी पत्र आएले संसदीय गतिविधिमा संलग्न हुन पाउनुहुनेछैन् ।’
एमाले सांसद कोइरीविरुद्ध हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ । गुरुङविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर मुद्दा विचाराधीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4