
१० पुस, विराटनगर । प्रहरीले पाँच किलो गाँजासहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे राईलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सादा पोशाकमा खटिएको प्रहरी टोलीले राईलाई विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको हो ।
राईले चलाइरहेको को ३८ प ७९५१ नम्बरको स्कुटरलाई प्रहरीले साँझ ५ बजेतिर नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4