
काठमाडौं । क्रिसमस सेलिब्रेसनको लागि मोडल नीति शाह यतिबेला मुम्बईमा छिन् । सामाजिक सञ्जालमा उनले क्रिसमस इभ जमघटको एक तस्वीर भिडियो सेयर गरेकी छन् जहाँ उनलाई बलिउड अभिनेता सुनिल सेट्टीसँग देख्न सकिन्छ ।
उनले सुनिलसँगको भेटबारे केही खुलाएकी छैनन्, यद्यपि जमघटमा उनीहरुबीच क्याजुअल भेट भएको अनुमान गर्न सकिन्छ । क्रिसमस इभको हाइलाइटको रुपमा सुनिलसँगको भेटलाई उनले लिएकी छन् । मुम्बईको बास्टियन रेष्टुरेन्टमा उनीहरुबीच भेट भएको हो ।
कामको कुरा गर्दा, नीतिले मुकुन्द भट्टले निर्देशन गर्ने तयारीमा रहेको फिल्म ‘एक्स नाइन’ फिल्ममा साइन गरेकी छन् । डेब्यु फिल्ममा उनले अनमोल केसीसँग अपोजिट गर्ने जनाइएको छ । चाँडै यो फिल्मलाई क्यानडा लगायतका थलोमा खिचिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4