
१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी सहभागी छन् ।
आइतबार नै राप्रपा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले बालकोटमा नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले भने बालकोट बैठकमा नबसी पार्टीको बैठक बोलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4