
१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपालले चिन्न नै नसकेको एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले बताएका छन् ।
‘अहिले जे भयो, त्यो त हुने नै थियो । माधव नेपालले प्रचण्डलाई चिन्न नै सकेनन्’ न्यौपानेले अनलाइनखबरसँग भने । अध्यक्ष माधव नेपाललाई लामो समयदेखि एमालेसँग मिलेर अगाडि बढौं भन्ने प्रस्ताव गरेको न्यौपाने बताउँछन् ।
‘एमाले भनेको मनमोहन अधिकारी र मदन भण्डारीले शपथ लिएको पार्टी हो । माओवादीसँग होइन, एमालेसँग मिल्नुपर्छ भन्दै आएको हो’, न्यौपाने भन्छन् । समानुपातिकतर्फ थ्रेसहोल्ड समेत कटाउन नसकेकाले अब आफ्नो सांसदहरु जोगाउन मुस्किल पर्ने उनी बताउँछन् ।
‘यस्तै हो भने अब तीन जना पनि सांसद जोगाउन सकिदैन । योबारे बुझ्नुपर्छ’, उनी भन्छन्
कांग्रेसको साथ छाडेर प्रचण्डले नेकपा एमालेसहितका दलसँग गठबन्धन गरेका छन् । र उनले १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गर्दै छन् ।
प्रतिक्रिया 4