
१० पुस, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकामा पराल काटने मेसिनले हात काटिदा एक जना गम्भीर घाईते भएका छन ।
महानगढीमाई नगरपालिका- ११ मधुरी टोल बस्ने ३५ वर्षीय अमिरकाप्रसाद यादव गम्भीर घाइते भएका हुन ।
आइतबार दिउँसो ना.६ त. १५७३ नम्बरको ट्याक्टरमा जडान गरिएको पराल काट्ने मेसिनमा पराल काटने क्रममा यादवको हाट काटिएको थियो ।
अमिरकाको बायाँ हातको कुहिनो भन्दा तलतिरको भाग पुरै कटेको, दाहिने हातको ४ वटा औला काटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4