
काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२३ संघारमै छ । नयाँवर्ष आउन एक साताभन्दा पनि कम समय बाँकी छ ।
सेलिब्रिटी मात्र होइन, सर्वसाधारणले समेत नयाँवर्षमा नयाँ योजना र प्रतिबद्धता बनाउँछन् । यस्तोमा अभिनेत्री साम्राज्ञी शाहले नयाँवर्षमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।
अनलाइनखबरसँग कुरा गर्दै साम्राज्ञीले अभिनय र व्यक्तिगत जीवनलाई राम्रो बनाउन चाहना राखेकी छन् । उनले सात विभिन्न आकांक्षा व्यक्त गर्दै नयाँवर्षमा यसलाई पूरा गर्नेतर्फ अघि बढ्ने बताइन् ।
अभिनेत्रीको रुपमा आफ्नो क्षमता बढाउने, राम्रा फिल्म गर्ने, करिअरमा विवेकसम्मत निर्णय गर्ने, सकेसम्म आफ्नो लागि राम्रो गर्ने, मानसिक र आध्यात्मिक रुपमा बलियो बन्ने, प्रोफेसनल फेमिलीको आकार बढाउने उनको योजना छ ।
‘साथै, आफ्नो लाइफमा पनि सकारात्मक परिवर्तन ल्याउँछु भन्ने छ तर ठ्याक्कै यही भन्ने छैन,’ साम्राज्ञीले भनिन् । सन् २०२३ मा उनका तीन फिल्म ‘तिम्रो मेरो साथ’, ‘ह्यारीकी प्यारी’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन हुनेछन् ।
प्रतिक्रिया 4