
११ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि हिउँदे बिदा दिन पाउने भएका छन् ।
त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि बढीमा २२ दिन बिदा दिन सक्ने जनाएको छ ।
महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा त्रिवि कार्यकारी परिषदको निर्णय अनुसार केन्द्रीय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुमा पूर्व व्यवस्था अनुसार शिक्षक र विद्यार्थीलाई दिंदै आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता (परीक्षा, कक्षा सञ्चालन आदि अवस्था) हेरेर पुस १७ गतेदेखि दिन सक्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4