
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको वार्षिक साधारणसभा २९ पुसमा हुने भएको छ ।हस्पिटल सञ्चालक समितिको बैठकले २९ पुसका लागि वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
साधारणसभा थापाथलीस्थित बीएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् ।
साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावबमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयर धनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्ने अस्पतालले जनाएको छ । घोषित कुल लाभांश मध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । यी दुवै प्रस्तावलाई साधारणसभाले अनुमोदन गर्नेछ ।
हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्ता पूँजी बढेर २७ करोड रुपैयाँ पुग्ने अस्पतालले जनाएको छ ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने एवं निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेन्डामाथि साधारणसभामा छलफल हुने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4