
११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकतामाथि गृह मन्त्रालयले गरिरहेको छानबिनमा हस्तक्षेप नगर्ने बताएका छन् ।
सोमबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले गृह मन्त्रालयले गर्ने काममा हस्तक्षेप नगर्ने बताएका हुन् ।
‘म, ऊ, यो होइन सबैलाई बराबर ढंगले हेरेर, कुनै विभेद नगरी न्याय सम्पादन गर्ने, कार्य सम्पादन गर्ने अधिकार आजैबाट छ, जहिले पनि छ । चाहे म हुँ, चाहे क्याविनेटका अरु मन्त्रीहरु हुन् कसैलाई विभेद नगरी स्वतन्त्र ढंगले हरेक कुराको छानबिन गर्ने अधिकारमा मेरो सहयोग बाहेक अरु केही हुँदैन’ उनले भने ।
उपप्रधानमन्त्री लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता स्वतः खारेज भएको, उनले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको भन्दै उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।
त्यस्तै उनी नेपाली नागरिक नभएकाले सांसद पद खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया 4