
१२ पुस, काठमाडौं। आइफोनमा यस्तो कामलाग्ने फिचर हुन्छ जसबाट प्रयोगकर्ताले आइफोनको स्क्रिन रेकर्ड गर्न सक्दछन् ।
यो फिचरको सहयोगले मात्र स्क्रिनमा केही ट्याप गर्दा आइफोनमा मनपर्ने क्लिपहरु रेकर्ड गर्न, आफ्ना मित्र तथा परिवारजनसँग आइफोनबाट केही कुरा शेयर गर्नेलगायतका विभिन्न काम गर्न सकिन्छ । आइफोनमा स्क्रिन रेकर्ड गर्ने विधि यस्तो छ :
- Setting एप खोल्नुहोस्
- त्यसपछि Control Center मा जानुहोस् र Screen Recording अप्सनमा रहेको प्लस आइकनमा थिच्नुहोस् । (यदि तपाइँले यसलाई Included Controls मा थप्नुभएको छैन भने )
- स्क्रिनको सबैभन्दा माथिल्लो भागबाट तलपट्टि Swipe गर्नुहोस् र स्क्रिन रेकर्डिङ आइकनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि तीन सेकेण्डको काउन्ट डाउनपछि स्क्रिन रेकर्डिङ सुरु हुनेछ ।
- त्यसबेला रेकर्ड बटन रातो हुनेछ र स्क्रिनमा भएका हरेक गतिविधि रेकर्ड हुनेछन् ।
- स्क्रिनको बायाँपट्टि माथिल्लो भागमा रातो चिन्हभित्र रेकर्डिङ समय देखिनेछ । त्यो रातो रङले रेकर्डिङ जारी रहेको देखाउनेछ ।
- रेकर्डिङ बन्द गर्नका लागि त्यहीँ रातो रङको समय सूचकमा थिचेर त्यसपछि देखिने Stop मा ट्याप गर्नु पर्दछ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4