+
+

चीनले भन्यो : नेपालको विकासका लागि बेल्ट एण्ड रोड सहकार्य अगाडि बढाउन तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १९:२३

११ पुस, काठमाडौं । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ ।

नियमित प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मीहरू जिज्ञासालाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रालयकी प्रवक्ता माओ निङले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिँदै नेपालको सामाजिक र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेकी छन् ।

‘हामी नेपालमा सहज ढंगले आम निर्वाचन सफल भएको बारेमा जानकार छौं । प्रचण्डलाई नेपालको नयाँ प्रधानमन्त्री नियुक्ति भएकोमा हार्दिक बधाई छ । नेपाल सरकार, नागरिकको साझा प्रयास, विभिन्न राजनीतिक दल र शक्तिहरूको परामर्श र समन्वयबाट नेपालमा स्थायित्व र दिगो सामाजिक आर्थिक विकास हुने विश्वास चीनको छ,’ प्रवक्ता माओले भनेकी छन् ।

उनले परम्परागत मित्र र छिमेकी भएको नाताले चीन सँधै नेपालसँगको सम्बन्धलाई गहिरो महत्व दिइरहेको बताइन् । साथै, चीनले नेपाल सरकारसँगको मैत्रीपूर्ण सहयोग आदानप्रदानलाई विस्तार गर्दै सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताइन् ।

उनले विकास र समृद्धिका लागि उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउने र रणनीतिक साझेदारीमा सहकार्य गर्न चीन सँधै तयार रहनेसमेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?