+
+

केएफसीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १२:५३

काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरुमा २३ पुसमा उपलब्ध हुनेछ ।

स्टाटिक क्यूआरको रुपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । केएफसीमा नेपाल पे क्यूआरको सेवा सनराइज बैंकको सहकार्यमा सुचारु गरिएको हो । फास्टफुडको रुपमा विश्व परिचित ब्रान्ड केएफसीमा अब उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपाल पे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआईसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, सम्वृद्धि फाइनान्स, सेल पे, एमओआरयू र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुनेछ । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?