+
+

शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै आर्ट काउन्सिलमा कार्टुन प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १४:००

१२ पुस, काठमाडौं। नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ ।

परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई ब्यंग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो ।

रुपान्तरण सहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरुले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरुलाई परिषद्मा प्रदर्शनमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतीलाई व्‍यंग्य गरेका छन् ।

प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुनहरु राखिएको छ । नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरुको बाध्यतालाई कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ ।

साथै कार्टुनमा नेपालका शहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ ।

हेर्नुहोस् थप तस्वीरहरु : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?