
१२ पुस, विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रदेशसभा संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो चयन भएका छन् ।
मंगलबार बसेको प्रदेशसभा संसदीय दलको बैठकबाट आङ्बो दलको नेता चयन भएका प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो यसअघि पनि संसदीय दलको नेता थिए ।
बैठकले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको प्रदेशसभा सदस्य उप्रेतीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4