
अभिनेता रविन्द्र झा । फाइल तस्वीर
काठमाडौं । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकार अनुबन्धित हुने क्रम जारी छ । यो मल्टिस्टारर फिल्ममा पछिल्लो पटक अभिनेता रविन्द्र झा जोडिएका छन् ।
केही दिनअघि अभिनेत्री विपना थापा पनि यसमा अनुबन्धित भइसकेकी छन् । उनी झण्डै १३ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गर्दैछिन् ।
फिल्ममा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भइसकेका छन् ।
फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ । दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4