+
+

नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १८:१३

१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमणमा खुला मनका साथ सम्वाद भएको सम्झिए । उनले भनेका छन्, ‘मलाई लाग्छ, अन्तिम पटक जब म भारत भ्रमणमा गएको थिएँ, खुला मनका साथ कुराकानी भएको थियो । नेपाल भारत सम्बन्ध अगाडि बढाउन एकआपसमा मिलेर अघि बण्नुपर्छ भन्ने प्रतिवद्धता गरेका थियौं ।’

अब पनि त्यही विश्वासका साथ अघि बढ्ने उनले बताए । प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति निवासबाट निस्किँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिएको र लगतै भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर बधाई दिएको समेत प्रचण्डले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?