+
+

‘मेरो कार्यकालमा केही राम्रा काम भएका छन्, मूल्यांकन भएन’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १८:५९

अनलाइनखबरले मेरो कार्यकालबारे लेखेको समाचार पढेँ । तर त्यहाँ भएका कतिपय विवरण ठीक होइन, कयौं विवरण गलत छन्, लेखाई सतही भयो ।

म महान्यायाधिवक्ता कार्यालयको संस्थागत सुधारका लागि नै त्यहाँ गएको हुँ । मलाई केही न केही गरौं भन्ने थियो । त्यहाँ मैले केही न केही काम गरेको छु, त्यहाँको पद्धति भत्काएको छैन । केही मुद्दा पुनरावेदन गर्ने कि नगर्ने भन्नेबारे नायव महान्यायाधिवक्ता (सचिव सरह) हरुको सल्लाह अनुसार प्रत्यायोजन गरिएको अधिकार फेरि महान्यायाधिवक्तामा राखिएको हो । मेरो व्यक्तिगत स्वार्थ र रुची होइन ।

बोटलर्स नेपालको सन्दर्भमा राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरिसकेको छ । सरकारी वकिलले मुद्दा चलाउने राय नदिएको भए मुद्दा जाने अवस्थै थिएन । त्यो कुरा सदनमा समेत उठेको थियो । तसर्थ त्यसमा असहयोग भयो भन्ने कुरा सही होइन ।

ललितपुरको एउटा बलात्कार मुद्दामा १९ वर्ष कैद सजायको मागदावी छ र आरोपित थुनामा छन् । त्यो गत चैतको कुरा हो । हामीले ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयलाई महिला मैत्री कार्यालय बनाउने भनेर सबै महिला कर्मचारीहरुलाई जिम्मेवारी दिएका थियौं । तर आपसमा विवाद भएपछि केही सरुवा भए । पछि अर्को कार्यालय प्रमुख जाँदासमेत केहीले असहयोग गरे । सहायक न्यायाधिवक्ता संगीता थोकरको सरुवा नियमित हो, कुनै पूर्वाग्रहका कारण होइन ।

स्थानीय तहको चुनावमा बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा मेरो सहोदर दाजु उम्मेदवार हुनुभएको थियो । त्यही विषयमा निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले ‘फोन गरेर प्रभावित गर्न खोज्यो’ भनेर प्रतिवेदन दिनुभएछ । त्यसमा मेरो संलग्नता छैन । त्यो विवाद सर्वोच्च अदालतमा समेत पुगिसकेको छ । उहाँको प्रतिवेदन कार्यान्वयन भएको थिएन ।

खम्मबहादुर खाती
निवर्तमान महान्यायाधिवक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?