+
+

गुल्मीमा रेबिजले एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ७:००
रेबिजले महिलाको मृत्यु भएपछि भुसिया कुकुरलाई रेबिजविरुद्धको सुइ लगाइँदै ।

१३ पुस, गुल्मी । गुल्मीमा रेबिज लागेर एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिए ।

शाहलाई गत मंसिर ११ गते एक्कासी पछाडिबाट आएर कुकुरले हातमा टोकेको थियो । त्यसलगत्तै उनी रेबिजविरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदीस्थित एक निजी मेडिकलमा गएकी थिइन् । तर त्यहाँ उनले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताए ।

उनको स्वास्थ्यमा दिनप्रति दिन समस्या बढदै गएपछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गराएकी थिइन् । त्यहाँ उनलाई रेबिज लागेको संकामा काठमाडौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्ऽ टेकुमा रिफर गरिएको थियो ।

काठमाडौंमा उपचारको क्रममा उनलाई डाक्टरले रेबिज पूर्ण रुपमा शरीरमा फैलिएको पुष्टि गरेका थिए ।

उपचारको सम्भव नएपछि घरमा ल्याइएकी उनको मंगबार मृत्यु भएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अर्यालले बताए ।

महिलाको रेबिजका कारण मृत्यु भएपछि अहिले त्यस स्थानका भुसिया कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउने कार्य भइरहेको गुल्मीदरबार गाउँपालिकाले जनाएको छ ।

दुई दिनसम्म ५० वटाभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउने कार्य गरिएको अर्यालले बताए ।

रेबिजविरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ । महिलाई कुकुरले टोकेर बिरामी परेको भन्ने काठमाडौंमा उपचारमा लगेपछि मात्रै थाहा पाएको स्वास्थ्य शाखाका प्रमुख अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?