+

भावुक स्ट्याटस लेख्दै मनाङ छाडेका अञ्जन चर्च ब्वाइज क्लबमा

२०७९ पुष  १३ गते १०:२५ २०७९ पुष १३ गते १०:२५
भावुक स्ट्याटस लेख्दै मनाङ छाडेका अञ्जन चर्च ब्वाइज क्लबमा

१३ पुस, काठमाडौं । राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट मनाङ मर्स्याङ्दी क्लब छाडेर चर्च ब्वाइजमा आवद्ध भएका छन् ।

बुधबार बिहान चर्च ब्वाइजले अञ्जनलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको छ । चर्च ब्वाइजले अञ्जनसँग एक वर्षको सम्झौता गरेको पनि जनाएको छ ।

६६ सालमा स्थापना भएको चर्च ब्वाइजले पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको हो ।

अञ्जनले मंगलबार राति भावुक स्ट्याटस लेख्दे मनाङ मर्स्याङ्दी क्लब छाडेको जानकारी दिएका थिए ।

यसअघि अन्य क्लबाट निकै राम्रो प्रस्तावहरू आए पनि मनाङलाई मनैदेखि माया गर्ने समर्थकको मायाले गर्दा अन्त जाने सोच नआए पनि अहिले बाध्य भएर क्लब छाडेको उनले बताएका छन् ।

सानैदेखि मनाङबाट खेल्ने आफ्नो सपना रहेको र मनाङको जर्सी लगाएर खेल्दा आफूले भाग्यमानी ठानेको उल्लेख गर्दै पछिल्लो समय मनाङलाई केही व्यक्तिहरुको स्वार्थ अनुसार चलाउन खोजेपछि सम्बन्ध टुङ्गाएको बताएका थिए ।

‘व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफू अनुसार क्लबलाई चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु’, मनाङ छाडेको घोषणा गर्दै उनले लेखेका थिए ।

‘आज निकै भावुक हुँदै तपाईहरू बिच निकै दुखका साथ केही उद्घोष गर्दैछु । सानोमा फुटबल खेल्न सुरू गर्दा देखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिए र पहिलो पल्ट मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिएँ,’ राष्ट्रिय टिमबाट ११ गोल गरिसकेका अञ्जनले लेखेका छन् ।

विगतका केही वबर्षहरूमा बिना स्वार्थ मनाङबाट खेल्दै र पछिल्लो केही वर्ष कप्तानी गर्ने  मौका पाएको उल्लेख गर्दै उनले आफू भन्दा क्लबलाई माथि राख्दै हरेक परिस्थितिमा क्लबलाई कसरी नेपालको नं. १ बनाउने भनेर दिनरात मेहनत गर्दै आएको बताएका छन् ।

 

अञ्जन विष्ट चर्च ब्वाइज युनाइटेड मनाङ मर्स्याङदी क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय