+
+

‘द पोइट आइडल’ पुस १४ गतेदेखि प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ११:३९

काठमाडौं । कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को प्रसारण पुस १४ गतेदेखि हुने भएको छ । प्रसिद्ध कवि क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीको निर्माण तथा निर्देशन रहने रियालिटी शोले प्रसारण मिति तय गरेका हो ।

एपीवान टेलिभिजनबाट उक्त मितिमा बेलुका साढे ८ बजेबाट कार्यक्रम सुरु हुने भएको हो । असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको संख्या ५० भन्दा बढी थियो ।

डिजिटल अडिसनबाट छानिएका सहभागीमध्येबाट विभिन्न चरण पार गर्दै १४ जना कवि छानिने भएका छन् । शोमा सहभागी कविले कविता लेखन र वाचन गर्नेछन् र कविता लेख्नका लागि छुट्टाछुट्टै विषय पनि दिइनेछ ।

कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णायकको साथै दर्शकले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउने छन् । अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछ ।

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथै निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।

‘द पोइट आइडल’को विजेता कविले १० लाख रूपैयाँ नगद पाउनेछन् । साथै, यात्रा पब्लिसिङ हाउसका तर्फबाट विजेता कविको पाँच लाख बराबरको कवितासंग्रह प्रकाशन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?