
१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै वालुवाटार सर्ने तयारी गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले सर्ने तयारी गरेका हुन् ।
प्रचण्डको परिवारबाट आफूलाई बालुवाटार प्रवेशकाे साइत जुराउन आग्रह भए बमोजिम साँझ पाँच बजेकाे समय तय भएकाे ज्योतिषी टीकाराम घिमिरेले बताए । उनले यसअघि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका लागि पनि ज्याेतिषी भएर काम गरिसकेका छन् ।
प्रचण्ड सचिवालय स्रोतका अनुसार बालुवाटारमा बुधबार साँझ सर्ने तयारी छ । बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्र्न प्रचण्डले यसअघि नै निर्देशन दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4