
काठमाडौं । मोडल तथा अभिनेत्री मलिका महतको लागि सन् २०२३ व्यस्तताको वर्ष हुनेछ । ‘यात्रा’ डेब्यु गर्लले हालै पछिल्लो फिल्मको रुपमा ‘पानीफोटो’मा काम गरिन् ।
यी दुवै फिल्म व्यावसायिकरुपमा सफल भएनन् । यद्यपि मलिकालाई फिल्मको अफर भने आइरहेका छन् । यसैसाता मलिका लक्ष्मण सुवेदीले निर्देशन गर्ने फिल्ममा अनुबन्धित भएकी छन् ।
फागुनदेखि सिन्धुपाल्चोकमा छायांकन हुने नारी संवेदनाको कथावस्तुमा बन्ने फिल्ममा मलिकाको प्रमुख भूमिका हुनेछ । परिवारको लागि योगदान दिने नारी पात्रको भूमिकामा उनले अभिनय गर्नेछिन् । फिल्मको शीर्षक भने तय भइसकेको छैन ।
साथै, मलिका अर्को एक नयाँ फिल्ममा अनुबन्धित हुने तयारीमा छन् जसको लागि उनलाई निर्माताले अप्रोच गरिरहेका छन् । उक्त फिल्मको घोषणा अंग्रेजी नयाँवर्षमा हुने स्रोतले जानकारी दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4