+

नेपाल टी-२० : हुसेन तलतको अर्धशतकमा विराटनगरको पहिलो जित, पोखराको लगातार चौथो हार

२०७९ पुष  १३ गते १६:५६ २०७९ पुष १३ गते १६:५६
नेपाल टी-२० : हुसेन तलतको अर्धशतकमा विराटनगरको पहिलो जित, पोखराको लगातार चौथो हार

१३ पुस, काठमाडौं । हुसेन तलतको अर्धशतक मद्दतमा विराटनगर सुपर किंग्सले बुधबार पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै नेपाल टी-२० लिगमा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा तलतको अविजित ५० रन मद्दतमा विराटनगरले १४० रनको लक्ष्य १७.५ ओभरमै ४ विकेट गुमाएर पुरा गरेको हो । अलराउण्ड प्रदर्शन गरेका तलतले २ विकेट समेत लिएका थिए । पोखराको भने यो लगातार चौथो हार हो ।

लगातार तीन हारपछि पोखराले कप्तान परिवर्तन गर्दै शरद भेषावकरको स्थानमा उपुल थरंगालाई कप्तान नियुक्त गरेपनि जित दिलाउन सकेनन् ।

कुशल मल्लले लगातार दोस्रो खेलमा अलराउण्ड प्रदर्शन गरे पनि पोखरालाई जिताउन सकेनन् । चौका प्रहार गर्दै अर्धशतक पूरा गरेर जित दिलाएका विराटनगरका तलतले ३० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

अर्जुन साउदले २५, कप्तान आन्द्रे म्याककार्थीले २१ र पृथु बास्कोटाले १५ रन जोडे । विवेक यादव १४ रनमा अविजित रहे ।

पोखराका कुशल मल्ल र शरद भेषावकरले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

पोखराका लागि कुशल मल्लले १८ बमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन बनाए । सिद्धान्त लोहनीले १६ र थरंगाले १९ रन बनाए । विराटनगरका लागि हुसेन तलत र राज नन्ननले २-२ विकेट लिए भने नन्दन यादव, आन्द्रे म्याककार्थी र शाहब आलमले समान १ विकेट लिए ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय