+
+

सुदूरपश्‍चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १८:३१

१३ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्‍चिम प्रदेशमा मुख्‍यमन्त्रीको दाबी गरेको छ ।

अध्‍यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्‍चिम प्रदेश सरकारको नेतृत्व आफूहरुलाई चाहिने अनलाइनखबरलाई बताएकी छन् । ‘सुदूरपश्‍चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार छ । हाम्रो माग मुख्‍यमन्त्री दाबी रहन्छ’ उनले भनिन् ।

सुदूरपश्चिम प्रदेशसभामा भने नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणका लागि निर्णायक छ । ५२ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा एमालेको ११, माओवादी केन्द्रको १०, नागरिक उन्मुक्ति पार्टीको ७  र एकीकृत समाजवादीको ४ सिट छ । एकीकृत समाजवादीकै एक नेताले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् ।

सरकार निर्माणका लागि नेपाली कांग्रेस र एमाले जुन दलले प्रयास गरे पनि नागरिक उन्मुक्ति पार्टीको साथ लिनैपर्ने बाध्यता छ । सरकार निर्माणको साँचो आफ्नो हातमा रहेकाले नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा दावी गरेको हो ।

संघीय सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ । तर सरकारमा सहभागी हुन रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?