
जेएन थपलिया ।
१४ पुस, हेटौंडा । नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ ।
संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए ।
संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य जेएन थपलिया सर्वसम्मत चयन हुने एमालेका नेताहरूले बताएका छन् ।
नेता थपलियाले १२ बजे भित्रमा संसदीय दलको नेताको विषयमा निर्णय आइसक्ने बताए । उनले भने, `संसदीय दलको नेतामा मेरो पनि इच्छा हो । बैठक अगाडि म नैं नेता हुन्छु भनेर कसरी भनुँ । बैठकको निर्णय कुरिदिनुहोला ।´
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4