
१४ पुस, जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेशसंसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा सदंसदीय दलको नेताको लागि दुईजना सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेतासमेत रहेका रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।
बिहान ९ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए ।
उम्मेदवारी दिएका कृष्णप्रसाद र रामसरोज दुवै संस्थापन पक्षकै हुन् । मधेश प्रदेश सभामा कांग्रेस दोस्रो ठूलो दल हो । उसका २२ जना प्रदेश सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4