+

काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

२०७९ पुष  १४ गते १७:४६ २०७९ पुष १४ गते १७:४६
काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

१४ पुस, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा नेपाली महिला टिम उपविजेता बनेको छ ।

बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि यात्रामा असफल रह्यो ।

भेट्रान भलिबल खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको जोडीले नेपाललाई यो सफलता दिलाएका हुन् ।

नेपाल भलिबल संघले खुला छनोटमार्फत खेलाडी छनोट गरी करिव एक महिनाको तयारीसहित टिमलाई बंगलादेश पठाएको थियो ।

प्रतियोगितामा बंगलादेश र उज्वेकिस्तानका २–२ तथा नेपाल र श्रीलंका गरी ६ टिमको सहभागिता थियो ।

पुरुषतर्फ नेपाल फाइनलमा

यही प्रतियोगिताको पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिम फाइनलमा पुगेको छ ।

बिहीबार भएको सेमिफाइनलमा नेपालले कीर्गिस्तानलाई २–० को सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा बंगलादेश, नेपाल, कीर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता छ । नेपाल टिम पोल ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

बिच भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय