
काठमाडौं । अमेरिकामा हुने ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।
सहमतिअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई निर्माण गर्नेछन् । म्युजिक भिडियो र पाश्र्वगायनमा समेत चर्चित यी गायकको संलग्नताले अवार्डको सांगीतिक पक्षलाई अब्बल बनाउने आशा लिएको आयोजकमध्येका एक किसन रेग्मीले बताए ।
आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ । यसअघि मलेसिया, हङकङ, कतार र यूएईमा कार्यक्रम गरिसकेको नेफ्टाले यसपटक अमेरिकामा कार्यक्रम गर्न लागेको हो ।
अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, यूएस खबर र आर्यन फिल्म्ससँग सहकार्य गर्दैछ । आगामी जनवरीमा हुने पत्रकार सम्मेलनमार्फत अवार्डबारे विस्तृत जानकारी सार्वजनिक गर्ने नेफ्टाको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4