+

काभाबिच भलिबलमा नेपाली पुरुष टिमले जित्यो रजत पदक

२०७९ पुष  १५ गते १६:३० २०७९ पुष १५ गते १६:३०
काभाबिच भलिबलमा नेपाली पुरुष टिमले जित्यो रजत पदक

१५ पुस, काठमाडौं । बंगलादेशमा आयोजित सेन्ट्रल एसियन जोन बिच भलिबल प्रतियोगितामा नेपालले रजत पदक जितेको छ ।

कक्सबजारस्थित डल्फिन कोर्टमा शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि जित्न चुकेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिमले माल्दिभ्सका एडम नासिम र स्मेल सम्मिलित टिमसँग २१–१३ र २१–१९ ले पराजित भएको हो ।

किर्गिस्तानलाई २-० कै सोझो सेटमा पराजित गरी आयोजक बंगलादेशले कांश्य पदक जितेको छ । प्रतियोगितामा पुरुषतर्फ नेपाल, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान र भुटानको सहभागिता थियो ।

महिलातर्फ विहीबार भएको फाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपाली टिमले राजत पदक जितेको थियो । नेपालबाट भेट्रान खेलाडीहरु कोपिला उप्रेती र कमला पुन सहभागी थिए ।

उपविजेता बनेको दुवै नेपाली टिमले ३५० अमेरिकी डलर पुरस्कार पाएको छ । नेपाली टिम शनिबार स्वदेश फर्किनेछ ।

बिच भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय