
फाइल तस्वीर ।
१५ पुस, काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक माघमा बस्ने भएको छ ।
बैठक माघ ९ र १० गते काठमाडौंमा हुने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।
बैठकमा गत निर्वाचनको समीक्षा तथा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने उनले बताएका छन् ।
गत महिना भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राप्रपा नेपालका उम्मेदवारले जित्नु त परैको कुरा सम्मानजनक मतसमेत ल्याउन सकेका थिएनन् ।
राप्रपा नेपालले देशका केही निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्नमा उम्मेदवार उठाए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चुनाव चिह्नबाट उठेका थिए । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपक सिंह विजयी भए भने थापा तेस्रो स्थानमा रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4