
फाइल तस्वीर
१५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने एक नेताले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यस्तो स्थितिमा आफूहरुको अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रीत रहने ती नेताले बताए ।
सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन् ।
जिल्ला तहबाट आएको सुझाव बारे पनि बैठकमा छलफल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4