
१५ पुस, धरान । राष्ट्रिय आविष्कार केन्द्रलाई धरानस्थित युएन कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।
कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका ५० विद्यार्थीले शुक्रबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरे ।
कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूसँगै आविष्कार केन्द्र पुगेका विद्यार्थीले केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरका हुन् ।
रकम हस्तान्तरणपछि विद्यार्थीसग कुराकानी गर्दै केन्द्रका अध्यक्ष डा.महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताए ।
उनले वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको विद्यार्थीलाई जानकारी दिए ।
विद्यार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष डा. पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनु पर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।
उनले नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम केन्द्रले गर्ने बताए । विद्यार्थीहरुले सोधेका प्रश्नको जवाफ दिंदै पुनले इनोभेसन गर्नेहरु देशका लागि बहुमूल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4