
संसदीय दलको नेता महेश यादव (बाँया) र प्रमुख सचेतक चन्दनकुमार सिंह ।
१६ पुस, जनकपुरधाम । जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन भएका छन् । अध्यक्ष डा. सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२(ख)बाट निर्वाचित यादवलाई दलका नेतामा चयन गरेका हुन् ।
यस्तै संसदीय दलको प्रमुख सचेतकमा चन्दनकुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरी चयन भएका छन् ।
पुस ५ गते जनकपुरमा बसेको जनमत पार्टीको संसदीय दलको बैठकले अध्यक्ष राउतलाई दलको नेता र सचेतक चयन गर्ने जिम्मेवारी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4