+
+

माघमा महाधिवेशन गर्ने विवेकशील साझाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते १९:०७

१६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको आगामी माघ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।

पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यहरुलाई निशर्त: महाधिवेशनमा समेट्ने निर्णय गरेको छ ।

साथै वैकल्पिक राजनीतिको वकालत गर्ने दल, समूह वा स्वतन्त्र उम्मेदवारी लिएका व्यक्तिहरुलाई समेत मधिवेशनमा समेट्न राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय समेत भेलाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?