
१६ पुस, जनकपुरधाम । मधेश प्रदेशमा प्रदेश सभामुख र उपसभासमुख चयन प्रक्रिया सुरु भएको छ ।
शनिबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको सचिव रञ्जित यादवले जानकारी दिए ।
नवनिर्वाचित प्रदेश सांसदहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिएको १५ दिनभित्र सभामुख र उपसभामुख छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रदेश प्रमुखले पुस १८ गते प्रदेश सभाको पहिलो बैठक आह्वान गरेका छन् ।
शनिबारको सर्वदलीय बैठकमा प्रदेशसभा बैठकको कार्यसूचीबारे छलफल भएको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सदस्यहरुको नामावली सफारिस गरिएको सचिव यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4