
काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया रैछ र भर रैछ नि’ बोलको गीतले पारिवारिक प्रेमलाई चित्रण गर्छ ।
मुख्य कलाकारहरु विपिन कार्की र अरुणा कार्की गीतमा फिचर्ड छन् । यी दुईले ‘अनस्क्रिन कपल’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका कार्कीको समेत अभिनय छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्षा कट्टेलले पनि स्वर दिएकी छन् ।
फिल्ममा शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकको पनि अभिनय छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्मको पटकथा उपेन्द्र सुब्बा र किशोर मलपानीले लेखेका हुन् ।
फिल्म आगामी फागुन ५ गते प्रदर्शन तयारीमा छ । यशोधा फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4