+
+

टोपीसँगै सारी दिवसको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १३:१६
आरती चटौत ।

१७ पुस, काठमाडौं । टोपी दिवस मनाउन थालिएको १० वर्ष भएको छ । १ जनवरी २०१४ देखि मनाउन थालिएको यो दिवसमा संसारभरीका नेपालीले आ–आफ्नो समुदायले प्रयोग गर्ने टोपी लगाएर यो दिवस मनाउन थालेका छन् । केहि वर्ष अघिसम्म छिटफुट रुपमा मात्रै देखिने गरेकोमा पछिल्ला बर्षहरुमा यसले अभियानकै रुप लिन थालेको छ ।

यो अभियानको थालनी कर्ता मध्येका डा.लेखनाथ काफ्ले र शंकर बन्जाडे लेख्छन, ‘स्थापनाको पहिलो तीन वर्ष प्रचारप्रसार र यसको अवधारणा स्थापित गर्नमै लाग्यो । तर यहाँसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसकै रुपमा स्थापित भइसकेको छ ।’

तर, टोपी दिवस स्थापित हुनेक्रमसँगै महिलाको पोशाक माथिको सम्मानका लागि पनि नयाँ अभियान अगाडी बढ्नु पर्ने माग हुन थालेको छ । यसको एउटा रुप सारी दिवस हुन सक्ने आवाज उठन थालेको छ ।

अधिकारकर्मीहरुको तर्क छ महिलाको पोशाकको इज्जत बढाउन पनि यो अभियान जरुरी छ । उनीहरुका विचारमा समाजमा महिला पोशाकलाई हेपेर व्यवहार पनि गरिने भएकोले पनि यस्तो अभियान समानताको अभियान समेत बन्न पुग्ने छ । किनकी अहिले पनि कुनै पुरुषलाई होच्याउनु परेमा चुरापोते र सारी लगाउन सुझाव दिइन्छ ।

सामाजिक सञ्जालमा अधिकारकर्मी आरती चटौत लेख्छिन, टोपी दिवससँगै दिदी बहिनीको पोशाकको सम्मान गर्ने अभियान चलाउनु जरुरी छ । ‘राष्ट्रियताको कुरा आउनासाथ हाम्रोमा लैङ्गिक पहिचानलाई वेवास्ता गरिन्छ,’ चटौत भन्छिन, ‘परम्परागत रुपमा पनि महिलाको पोशाकलाई सम्मान बढाउन यो अभियान चाहिएको छ ।’

उनले आफनो फेसबुक स्टाटसमा लेखेकी छिन् ‘सारी हाम्रो सान, हाम्रो पहिचान ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?