
१७ पुस, विराटनगर । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ प्रदेशसभा बैठकमा पेश भएको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा उक्त अध्यादेश पेश भएको हो ।
बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको उनले बताए ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकमा केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पेश भएको छ । बैठकमा प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेत पेश भएको छ ।
प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4