+
+

सुदूरपश्चिममा माघ २ गते सभामुख चयन गर्ने सर्वदलीय बैठकको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १५:३३

१७ पुस, धनगढी । सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने सहमति भएको छ । आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र २ गते निर्वाचन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जानकारी दिए ।

उनकाअनुसार सभामुखका लागि एक जनाको उम्मेदवारी परेको बाहेकको अवस्थामा मतदान हुनेछ । सबैभन्दा बढी मत पाउने प्रदेशसभा सदस्य सभामुखमा निर्वाचित हुनेछन् ।

सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्ने निर्णय गर्दै ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डल चयन समेत गरेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट संसदीय दलका नेताले शुभकामना मनतव्य राख्ने कार्य सूची समेत बैठकले तय गरेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दलको नेता चयन गरिनसकेका कारण प्रदेशसभा सदस्य बहादुरसिंह थापाले शुभकामना मनतव्य राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस (१९), नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी(७), नेकपा एकीकृत समाजवादी पार्टी(४), राप्रपा(१) गरेर ६ दलको प्रतिनिधित्व रहेको छ । एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

यहाँ कांग्रेस बाहेकका दलले संसदीय दलको नेता चयन गरिसकेका छन् । कांग्रेसले भने नेता चयनका विषयमा आन्तरिक छलफल जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?