+

नेपाल टी-२० : लुम्बिनी छैटौं जितसहित प्लेअफमा

२०७९ पुष  १७ गते १६:५० २०७९ पुष १७ गते १६:५०
नेपाल टी-२० : लुम्बिनी छैटौं जितसहित प्लेअफमा

१७ पुस, काठमाडौं । विराटनगर सुपर किङ्ग्सलाई १२ रनले पराजित लुम्बिनी अल स्टार्सले प्रतियोगितामा छैटौं जित हात पारको छ ।

विराटनगरलाई हराउँदै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय पारी खेले । कुशल भूर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३–१३ रन बनाए ।
अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले समान २–२ विकेट लिए । लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि ओपनर ब्याटर अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए ।

अर्का ओपनर गौरान्सु शर्माले १३ रन बनाए । पृथु बास्कोटाले १३ र विवेक यादवले १९ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि स्याड्ली भान स्कोलवेक, तिलक भण्डारी र ह्यारी टेक्टरले समान २–२ विकेट लिए । हर्मित सिंह र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यससँगै लुम्बिनी ७ खेलमा ६ जितसहित १२ अंकको साथमा अंक तालिकाको शिर्षमा रहेको छ । विराटनगर भने ६ खेलमा २ जित र ४ हार सहित ४ अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

विराटनगरले अर्को खेल मंगलबार काठमाडौं नाइट्ससँग खेल्नेछ भने लुम्बिनीले अर्को खेल जनकपुर रोयल्ससँग खेल्नेछ ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय