
१८ पुस, हेटौंडा । बागमती प्रदेशमा सभामुखको निर्वाचन यही पुस २८ गते र उपसभामुखको निर्वाचन २९ गते गर्न दलहरूले राय दिएका छन् ।
सभामुख र उपसभामुखको मनोनयन दर्ता पुस २७ गते तोक्न दलहरू सहमत छन् । सोमबार बिहान प्रदेश सभा बैठकको कार्यसूची तयार गर्न बसेको सर्वदलीय बैठकमा दलहरू सभामुख र उपसभामुखको निर्वाचनको मितिमा एक मत भएका हुन् ।
यसैगरी बैठकले शारीरिक रूपमा अशक्त प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेलाई प्रदेश सभा बैठक कक्षको ढोकासँगै रहेको सिट व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।
बागमती प्रदेशको बैठक आज बस्दैछ । निर्वाचनको औपचारिक प्रक्रिया भने प्रदेश सभाबाट हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4