
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ५० वर्षदेखिको पोखरेली सपना पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँवर्षमा आइतबार विमानस्थल उद्घाटन गरे ।
उक्त अवसरमा भव्य सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ सांस्कृतिक झाँकी समेत प्रस्तुत गरियो । विमानस्थल परिसरमै र्याम्प फेसन रनवे पनि गरियो । फेसन शोमा मिस नेपाल प्रियंकारानी जोशीदेखि मोडलसम्मले र्याम्प नापे ।
मिस नेपाल प्रियंका नेपाल नागरिक उड्डयन प्राधिकरणकी व्यावसायिक दूत समेत हुन् । उनलाई गत साता प्राधिकरणले दूतमा नियुक्त गरेको थियो । उनलाई विमानस्थलको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नेदेखि मिस वर्ल्डमा पोखरा विमानस्थलको दृश्य समेट्ने जिम्मा दिइएको छ ।
फेसन रनवेमा प्रियंकालाई शो स्टपरको रुपमा प्रस्तुत गरियो, जहाँ उनले आकर्षक पहिरनमा आफूलाई प्रस्तुत गरिन् । प्रियंकाको पुख्र्यौली तथा मामाघर पनि पोखरा नै हो ।
प्रियंका यतिबेला विश्वसुन्दरी प्रतियोगिताको तयारीमा छिन् । यसबाहेक उनी सरकारी निकाय तथा विभिन्न ब्राण्डको दूत समेत हुन् ।
तस्वीर सौजन्य : प्रेम थापा
प्रतिक्रिया 4