+
+

प्रधानमन्त्रीले सचिवहरुसँग लिए मन्त्रालयको कामबारे जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १४:२८

१८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन् ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेका मुख्यसचिव शंकरदास बैरागीले जानकारी दिए । ‘विभिन्न मन्त्रालयहरुबाट संक्षेपमा प्रस्तुति भएको छ । केही निकायहरु बाँकी छन । भोलि सबैको विवरण लिइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन आउँछ’ उनले भने ।

त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक विभिन्न मन्त्रालयका काम कारबाहीबारे सचिवहरुसँग छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?