
१८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ ।
४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4