+
+

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १८:२४

१८ पुस, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरुमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ ।

आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो ।

आवेदन फारम पुस २४ गते बिहान १० बजेदेखि २०७९ माघ २४ गते अपरान्ह पाँच बजेसम्म भर्न पाइनेछ । आयोगले नेपाली आवदेकको लागि चार हजार र विदेशी आवेदकको लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ ।

आयोगका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन भर्न सक्नेछन् ।

परीक्षा फागुन २४ गतेदेखि आयोगले यी शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा फागुन २४ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

आयोगको अनुसार एमबीबीएसको परीक्षा फागुन २४ गते र बीडीएसको परीक्षा २५ गते हुनेछ ।

बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजीको परीक्षा २६ गते, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी शैक्षिक कार्यक्रमको २७ गते र बीपीएचको परीक्षा फागुन २८ गते सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?